१ फाल्गुन २०७२, शनिबार

जीरी नगरपालिका–४ कुनेका महिलाको सक्रियतामा पाँच किमी गोरेटो बाटो निर्माण गरिएको छ ।
‘एकीकृत फ्रेन्डसिप’ बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिरीको गौरव सेवा केन्द्र अन्तर्गत लघुवित्ता महिला समूहको सक्रियतामा सो बाटो निर्माण गरिएको हो । जिरी नगरपालिका– ४ कुनेबाट घाटसम्म जाने बाटो अत्यन्त अप्ठ्यारो भएका कारण लामो समयदेखि कुनेका स्थानीयवासीले मलामी जाँदा सास्ती व्यहोर्दै आएका थिए ।
bato nirman
गौरव सेवा केन्द्र अन्तर्गतका पाँच वटा लघुवित्त महिला समूहका ७५ जना सदस्यको सक्रियतामा बाटो निर्माण भएपछि आगामी दिनमा स्थानीयवासीले झेल्दै आएको समस्या समाधान हुने भएको छ ।

जिरी बजार क्षेत्रबाट नजिकै रहेको भए पनि कुनै पनि सरकारी सङ्घ संस्था तथा स्थानीयवासीले घाटसम्म पुग्ने बाटो निर्माणका लागि कुनै पहल गरेका थिएनन् । ‘एकीकृत फ्रेण्डसिप साकोसकोका’ लघुवित्त महिला समूहले बाटो निर्माणमा चासो देखाएपछि स्थानीयवासीले पनि बाटो निर्माणमा सहयोग गरेका थिए ।

यसअघि नौ वटा सहकारी एकीकृत भएको अवसर पारी एकीकृत फ्रेन्डसिप साकोसकोले जिरी बजारमा रहेका तीन खोलाको फोहोरलाई व्यवस्थापन गरेको थियो । पछिल्लो सयम एकीकृत फ्रेन्डसिप साकोस आर्थिक कारोबारमा मात्र नभई सामाजिक कार्यमा पनि चासो देखाउँदै आएको छ ।
साकोसले विभिन्न सेवा केन्द्रमा स्थानीय महिलाको जीवनस्तर उकास्नका लागि र लगनशील बनाउनका लागि एक समूहमा १५ जना सदस्य रहने गरी लघुवित्त महिला समूह गठन गरेको छ । । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV