
भौतिक मल्ल ,काठमान्डौँ ,आजकै दिन अर्थात फागुन १ गते नेपालमा तत्कालीन नेकपा माओवादीले नेपालको राजनीतिमा ठूलो धक्कामूलक आन्दोलन सुरु गरेको थियो । संसदीय व्यवस्था र राजतन्त्रको अन्त्य गरेर जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ सुरु गरिएको जनयुद्धलाई धेरैले धेरै कोणबाट विश्लेषण गरिरहेका छन् ।
यसरी मनाए माओबादी हरुले जनयुद्ध दिबश
आज फाल्गुन एक माओबादीहरुले जनयुद्ध शुरु गरेको दिन २०५२ फाल्गुन एक आमुल परीर्वतनको नारा बोकेर बन्दुको नालबाट राज्यसत्ता कब्जा गर्ने उद्देश्य साथ कठोर दश बर्ष युद्ध गरेका माओबादी कुनै बेला देशको आधा भुभागमा बिबिध तामझामका साथ एउटै ठाँउमा जनयुद्ध दिबश मनाउने गर्थे शान्ती प्रबेशमा आई सकेपछि खुम्चीएर सात टुक्रा बनेका माओबादी हरु आ आफनै ढंगले जनयुद्ध दिबश मनाए ।
एकथर माओबादीहरु जनयुद्ध जे भनेर लडेका थिए त्यो पुरा नभएको ठान्छन भने एक थर िले जनयुद्धले उदेश्य पुरा गरेको बिश्लेषण गर्छन । शान्ती प्रक्रीयामा आएपछि भने आ आफनै ढंगले जनयुद्ध दिबश मनाउने गरेका माओबादी हरुको दाबी पनि आ आफनै छ ।
१० बर्ष सम्मा चलेको माओबादी जनयुद्धकालमा १७ हजार भन्दा बडीले ज्यान गुमाई सकेका छन माओ बादीले जनयुद्धलाई रक्षा ,सन्तुलन र रणनैतीक प्रत्याक्रमण पुगेको बताई रहेका बेला तत्कालीन सात दल र माओबादी बिच १२ बुँदे समझदारी भएको थियो २०६२, ६३ को आन्दोलन सफल भए संगै २०६४ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताले माओबादीलाई संसदीय राजनितिको मुलधारमा ल्याएको थियो ।
एमाओबादीले पार्टी कार्यलयपेरीसडाँडामा शहीद स्तम्भको अनावरण र बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेर र्जनयुद्ध दिवस मनायो । उता क्रान्तिकारी माओबादीले पनि आन्तरीक रुपमै शुभकामना आदनप्रदान गरेर मनायो
अनि रातो टिशर्टधारी हजारौ युवाहरुको प्रदर्शन सहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले राजधानीको केन्द्रभाग रत्नपार्क वरिपरिका क्षेत्रमा प्रदर्शन गरी शान्तिबाटिकामा जनसभा गरेर मनायो ।विगतका वर्षहरुमा फागुन १ गते डा बाबुराम भट्टराई शहीदहरुलाई सम्झेर कार्यक्रममा भाषण गर्दै हुन्थे । तर नयाँ शक्तिका नेता भएपछि भट्टराईले जनयुद्ध दिवस मनाएनन् । बरु जनवादी शैलीमा आफ्नी छोरी मानुषी यामी भट्टराईको तनहुँका जेकेन्द्र श्रेष्ठसँग बिहे गरेर मनाए ।
यस्तो बिश्लेषण गर्छन माओबादी नेताहरु फाल्गुन एकलाई
ए माओबादी नेता हरीबोल गज्रेल यसरी अफनो धारण राख्छन जनयुद्धमा हाम्रो नेतृत्वले कम गल्ती गरेर धेरै सिक्यो, धेरै प्राप्त ग¥यो । शान्तिकाल माओवादी आन्दोलनको लागि निकै महँगो सावित भयो । जनयुद्धको आधार गाउँ थियो । विरोधीको घेराबन्दी टाढा थियो । तर, शान्तिकालमा विरोधीको घेराबन्दी आमनेसामने र अति निकट भयो । बन्दुकको लडाइँभन्दा टेबलको लडाइँ कम्युनिस्टहरुका लागि चुनौतीपूर्ण हुन्छ भन्ने कुरा यसबाट पुष्टि हुन्छ ।
नेत्र बिक्रम चन्द बिप्लव माओबादीका नेता कृष्ण प्रसाद धमला भ न्छन हामीले जनयुद्ध जे भनेर लडेका थियौ त्यो र्कायभार पुरा नभई सकेको स्थीतीमा दोस्रो जनयुद्ध को बिकल्प नरहेको र अधुरा शहिदका सपनाहरु पुरा नभएको स्थीतीमा क्रान्ति नै त्यसको अपरीहार्य तत्व भएको बताउछन शो दिनलाई नेपालको स्वनिम भविश्यको ढोका खोल्ने दिनको रुपमा रहेको बताँउछन नेपाली जनताले अर्को क्रन्तिको ढोका खोल्ने दाबी गर्छन । पुरानै खालको रणनितिको अबलम्बन गर्दै जनसताको अभ्यास गर्न थाली सकेका बताँउछन ।
यता मोहन बैध्ध माओबादी का केन्द्रीय नेता आईपी खरेल भन्छन जनयुद्धका बाँकी कार्यभार पुरा गर्न नेपालमा शसत्र जनबिद्रोह नै यसको उत्तम बिकल्प भएको ठान्छन । र यो दिन त्यसैको निरन्तरता भएको बताँउछान । एमाओबादीका नेता प्रशान्त अब नेपालमा कुनै पनि य्द्ध सम्भव नभएकको र देश सामाजबाद उन्मुख भईरहेको स्थीतीमा क्रान्ति गर्नु हावादार कुरा भएको बताँउछन ।
त्यस्तै एमाओबादी बाट भर्खरै पार्टी परी त्याग गरेका नेता बाबुराम भटराईले अब बिश्वमा माक्सबादको नयाँ प्रयोग आबश्यता भएको भन्दै सिंगो कम्युनिष्ट धार नै परीर्वतन गर्नु पर्ने बताँउछन । एमाओबादी नेता जनार्दन शर्मा जनताले ७० बर्ष देखी बिभिन्न संघर्ष गर्दै आएको र जनयुद्धको बलबाट नै त्यो कुरा पुरा भएको भन्दै जनयुद्धका सारथी हरुले नयाँ संबिधान कार्यन्यन का बेला मा संघर्ष र बलिदानी महशुस गर्दै जाने र पार्टी त्यो दिशामा अघी बढने बताँउछन ।
नेपालमा माओबादीका नामा गैर माओबादी हरु भत्रेका कारण नै माओबादी बिग्रेको बताँउछन त्यस्तै मातृका यादबका एक नेता ,अब माओबादी हरले नयाँ शिराहबाट आन्दोलनको थालनी गर्नुपर्ने धारण मणी थापाको छ । आ आफनै ढंगले जनयुद्ध दिबश मनाउन थालेका माओबादी हरुको कार्यक्रम पनि आ आफनै छन । फाल्गुन एकमै प्रचण्ड नेतृत्वको माओबादी र मोहन बैद्य नेतृत्वको माओबादी बिच एकता हुने भनिएपनि त्यो हुन सकेन अरु कार्यदिशा र संगठानीक संरचनामा कुरा मिलेपनि एकताको गृहकार्य पुरा नभएकोले फाल्गुनमै एकता हुन सक्ने बताँउछन ।
माओबादी निकट बिश्लेषक डा ऋषीराज बराल भन्छन हिजोका दिनमा माओवाद संशोधनवादसितको सम्बन्ध विच्छेदको परिचायक थियो । यो क्रान्तिकारी विचार र सङ्गठनको परिचयको आधार बनेको थियो । परन्तु अहिले एक थरी संशोधनवादीहरूले माओवादलाई संशोधनवादको आहालमा डुबाएका छन् । संसदीय राजनीतिप्रति तिनले प्रतिबद्धता जनाएका छन् र साम्राज्यवाद र विस्तारवादका सामु आत्मसमर्पण गरेर “लाल झण्डाको विरुद्ध लाल झण्डा” को साम्राज्यवादी हतियार बनेका छन् ।
यस्तो स्थितिमा माओवादी आन्दोलनले वैचारिक र व्यावहारिक दुवै क्षेत्रमा निकै जटिल र गम्भीर समस्या झेल्नु अस्वाभाविक होइन ।