
महोत्तरी, महोत्तरीको बर्दिवासमा कराँैडौको लागतमा निर्माण हुन लागेको खानेपानी आयोजनाको शिलान्यास भएको छ ।
शिक्षामन्त्री गिरीराजमणि पोखरेलले रु चार करोड ८० लाखको लागतमा निर्माण हुने सो आयोजनाको शिलान्यास गर्नु भयो ।
सहरोन्मुख बर्दिवासमा खानेपानीको समस्या समाधानका लागि एसियाली विकास बैंक र बर्दिवास खानेपानी उपभोक्ता संस्था बर्दिवासको सहकार्यमा नयाँ खानेपानी आयोजनाको काम यही फागुन २ गतेबाट सुरु हुने भएपछि बर्दिवासवासी हर्षित भएका छन् ।
आशिष निर्माण सेवा प्रालिले अबको नौ महिनाभित्र योजना सम्पन्न हुने गरी सम्झौता भएको निर्माण कम्पनीका सहायक निर्देशक जीवन राणाभाटले बताउनुभयो ।
नयाँ निर्माण हुन लागेको नयाँ आयोजनामा पानी प्रशोधन केन्द्रमा रु तीन लाख ६० हजार लिटर बराबरको पानी सञ्चित ट्याङ्कीे, पानी मुहान (इन्टेक) देखि पानी प्रशोधन केन्द्रसम्म करिब दुई किलोमिटरमा पाइप ओछ््याउने कार्य हुने भएको छ ।
सोे आयोजनाबाट थप १० हजार जनसङ्ख्यालाई पानी पु¥याउने लक्ष्य रहेको बर्दिवास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाका व्यवस्थापक विदुरप्रसाद भट्टराईले बताउनुभयो । रासस