१ फाल्गुन २०७२, शनिबार

bhautik malla

 

भौतिक मल्ल

प्रिय

बर्षमा एकचोटी आउने यो दिनलाई फेरिपनि विगतसंग जोडेर स्मरण गरीरहेको छु भनौँ फल्गुन एक सम्झी रहेको छु । मलाइ थाह छैन सपनाहरुको उडान कसरी हुन्छ । र अन्त्य कसरी हुन्छ ।

तर हर रात हर दिन सपना हरुको बगैचामा उडिरहेको हुन्छ मान्छे । हुनत मान्छे सपनामै बाँच्छ । वास्तवमा सपना विनाको जिन्दगी वास्तविक जिन्दगी पनि रहन सक्दैन । जिन्दगीमा केही पीडादायी कुरा छ भने त्यो सपनाहरुकै हत्या हुनु हो । सपनाहरुको मृत्यु जिबनमा सबैभन्दा बढी पीडादायी हुने गर्छ ।

यो भन्दा बढी पीडा अरु के नै हुनसक्छ र जीवनमा । जब दिनदहाडै सपनाहरुको क्रुर हत्या हुन्छ, मान्छेको आफ्नोपन सबै हराएर जान्छ निस्फीक्र शालीक बन्छ मान्छे बिपनाहरुका अगाडी अनि बिस्तारै बिस्तारै स्वाभीमान बिलाएर जान्छ । हुनत अहिले माओबादी हरु आफना झोली र थैली बोकेर साना साना ग्रुपहरुमा जनयुद्ध दिबश मनाईरहेका छन ।

यसरी जनयुद्ध दिबश मनाईरहँदा सत्र हजार बडी आत्महरुलाई कति शान्ती हुन्छ सोचनिय बिषय बनेको छ । जनताका इच्छा आकाँक्षाहरुको कति संबोधन हुन्छ गम्भिर समिक्षाको बिषय बनेको छ । सारमा माओबादी आन्दोलनको भबिश्यको बिषयमा प्रश्ना बाचक चिन्ह लागेको छ ।

आन्दोलनको मुहारमा बेग्लै खालको नैराश्यता छाएको जनतार शुभचिन्तकहरुको मनस्थीती बेग्लै बनि रहेको छ। अब के हुँदैछ हँ एउटा अनुत्तरीत प्रश्नले फन्को मारिरहेको छ। । परस्थिति कल्पना भन्दा बाहिर गइसकेको छ । एउटा फरकखाले परस्थितिको सामना गर्नुपर्ने बाध्यता आइपरेको देखिन्छ माओबादीहरुमा । हुनत जनयुद्धको संस्कृति बलिदानको संंस्कृति हो भन्छन भाषणहरुमा हरेक कुरामा बलिदान त्याग गर्नु नै हाम्रो उच्च आर्दश भन्छन । त्याग, बलिदान कम्उुनिष्टहरुका लागी फलामे अनुशासन हो पनि भन्न छुटाँउदैनन ।

 

lalasena

प्रिय

सबैका आँखाहरु मनहरु बिकेन्दीत बनिसकेको यो परी बेशमा के हुन्छ । फल्गुन एक को औचित्य । विकेन्द्रित छन् प्रियजनहरु । कतै हराएका कतै टोलाएका जस्तै निरिह निरिह, निरश निरश वेचैन बेचैन कस्तो उदेक र उकुश मुकुश लाग्दो वातावरण छ यो बेला कसरी मनाउन सकिन्छ जनयुद्ध दिबश । लाग्छ, यो मन कारागार हो दस वर्षको जनयुद्धको सजाय दिन यहाँ फाल्गुन एक सम्झीरहेछौँ । फरक खाले अनुभूतिले तड्पाइरहेको छ ।
शडकमा गाडीहरु सेता, हरिया र काला फरक फरक रंगका हुँईकिरहेका छन यी गाडी संगै मनहरु पनि हुँईकी रहेका छन । सेता आलीशान महलहरुमा कला र सेता पोसाकहरुमा नेताहरु कुनै बारहरुमा मनाईरहेछन या सडक सभाका भिडहरुमा चिच्चाईरहेका छन । मलाई थाह छैन । जनयुद्ध दिबश यहि त होला फल्गुन एकको परीभाषा ।ऊ सडकमा छ च्यातीएको जुता र चप्पल लगाएर भोक भोकै कामको खोजीमा भौतारीरहेछ पुर्ब लडाकु पुर्व लडाकु हो सायद । दिनभरी काम गरेर साँझ एककिलो मोटो कनिकामा छाक टारी रहेछ जनयुद्धको त्यागी कार्यकर्ता हो सायद ह्वईल चिएरमा कटौरा बोकी भिख मागी रहेछ जनयुद्धको घाईते हो सायद सजिलै आँकलन गर्न सकिन्छ ।

खै कसरी मनाँउछन माओबादी नेताहरुले जनय्द्ध दिबश । सत्र हजार बडी शहिदहरुको रगतमा होली खेलेर हजारौँ कार्यकताको भविश्य बर्वाद पारेर । सिमित स्वार्थको लागी तछाडमछाड गरीरहेका गोरे खैरे, काला, निला र सेता भूतहरु संग समयले उत्तर खोजीरहेछ । मौसम सफा छ तर मनले सफा पटक्कै ठम्याउन सकेको छैन । कालो बादल मडारिरहेको भान भइरहेको छ फाल्गुन एक सम्भझनाले । एउटा अनौठो नाटक मन्चन हुँदैछ । जनयुद्धको अस्तित्व नामेट पारेर अहँ कहिल्यै सोचिएन यस्तो होला भन्ने ।

इतिहास साक्षी छ । जनता साक्षी छन् । हामी जनयुद्ध जितेर आएका हौं । हारेर त पटक्कै आएका होइनौं । हाम्रो इतिहास विजयको इतिहास हो । पराजयको इतिहास हुँदै होइन । भन्नेहरुले जेसुकै भनून नेपाली सामाजको अर्को विकासको आयाम हो जनयुद्ध यो हाम्रो दाबी हो । वीरताको सुन्दर गाथा हो । जनयुद्ध एक जाजल्यमान इतिहास हो । यो ज्वाजल्यमान इतिहासका पहरेदार हुन सत्रहजार शहिद कुरुप बयरघारीको वास र गोलचक्रमा फसाइएको आन्दोलनको जीवन धरापमा पर्नुको एकमात्र कारण नेताहरु पलाएन हुनु हो ।

प्रिय

अक्सर आरमसँग जलिरहेको छ मन चुपचाप समयसंग चुपचाप उत्तर खोजिरहेछ । कसैसँग गुनासो गर्ने पक्षमा पनि छैन । सुन्ने पक्षमा पनि छैन । आक्रन्त छ मनो स्थीती सुकुटी परी खुम्चिसकेका छन् । सोचहरु शुन्य मनस्थितिमा छन् । जहाँ छुत र अछुतको विभेद पर्ण बाग्मती बग्छ । बाँच्नु नै अपराधी भईन्छ यहाँ । सासहरु मुर्दामा परिणत हुन्छन । त्यहाँ मान्छे बन्नुको कुनै अर्थ रहँदैन । धपधपी बलिरहेको छ आत्म र जलिरहेको छ मनमा किन हुरी चलिरहेको छ बेजोडसंग ख्वै । जनमुक्ति आन्दोलनको जिउदो जीवनमा नेपाली जनताले सोच्नु पर्र्ने आबश्यकता देखिन्छ ।
फेरी नेपथ्यबाट फरकखाले इतिहासको पुनरावृति हुँदैछ । ठूलठूला सहरहरुमा महङ्गा महङ्गा घडेरी र महल ठडयाई सकेका उनीहरुलाई न इतिहासको चिन्ता छ न वर्गीय मुक्तिको चिन्ता छ । न जनताको न कार्यकर्ताको चिन्ता छ । न व्यवस्थित पार्टीको चिन्ता छ । सिर्फ चिन्ता छ रकम कुम्ल्याउने धनाडयको सिँडी उक्लने । अन्याय गर्नुको पनि सीमा हुन्छ । सिध्धिनुको पनि त हद हुन्छ । हगी
हामी स्वतन्त्रता र समानताका लागि लडेका थियौं । नयाँ संसार निर्माण गर्ने महान अठोटका साथ लामबद्ध भएका थियौं । यसरी यसरी जनयुद्धलाई बधशालामा परिणत गरिएला भन्ने सोचेकै थिएनौ । हामीले लहलहैमा र रहरै रहरमा बन्दुक कदापी उठाएका थिएनौं । नेताहरु यतिसम्म स्खलित होलान भन्ने कहिल्यै सोचेका पनि थिएनौँ । आखिर जुन लक्ष्य उद्देश्य प्राप्तिका लागि बन्दुक उठाएका थियौं त्यो पूरा भएकै छैन । हजारौ हजार महान् सहिदहरुका सपनाहरु पूरा भएकै छैन।

प्रिय कैयौ घाइते अपाङ्ग साथीहरु ह्वील चियर र सहयोगी विना बाँच्न नसक्ने स्थिति छन् ।कैयौं अयोग्य ठहर्याइएका साथीहरु घर न घाटको स्थितिमा छन् । कैयौ कार्यकर्ता घरवासविहीन छन । फेरि सामाजिक जीवनमा फर्किन भयङ्कर डरलाग्दो समस्या छ ।
एउटा जर्जर लाग्दो अत्यास लाग्दो परिवेश उभिएको छ माओबादी आन्दोलनको जिवनमा । । सबैको मनमा तरलता देखिन्छ । स्थायित्य कमैमा छ।। धेरै सोचाईको बगानमा रम्नु पनि अत्यास लाग्दै छ ।अंध्यारा अत्यासलाग्दा खोचहरु पनि छन् जीवनका । खहरेहरु पनि छन । भेलहरु पनि छन् । खोल्सा खाल्सीहरु पनि छन । यहाँ अनेक लाग्दा प्रश्न र उत्तरहरु छन् ।
घरी भित्र घरी बाहिर गरिरहेको छु कोठा अंध्यारो छ । सँगै सहकार्यका पलहरु ओल्टाईपल्टाई गरिरहेको छु । थाहा छैन भोलि कस्तो हुने हो । सताइरहेको छ भोलिले ।

कैयौं साथीहरुले झोला झ्याम्टी बोकेर देश पार गरिसकेका छन् । कयौँ ले पर पर सम्मा पुग्ने कमाई ुकेका छन ।कयौं कुहिरोमा हराएको काग जस्तै भएका छन् । हामी जनयुद्धमा न जागिर खानको लागि लागेका थियौँ न महल ठड्याउन । न मन्त्री हुन न सभासद हुन । न ठेकेदार हुन । केवल हामी निस्वार्थ रुपमा सचेत ढंगले वर्गीय मुक्तिका लागि लागेका थियौँ । बस

प्रिय

जुन दिन शान्ति सम्झौताको नाममा जनयुद्ध सिध्धिएको सम्झौता गरियो । सेनालाई हस्तान्तरन गरियो, नेताहरु कुर्सी र सत्ताको लोभमा डुबे, पुँजीको गहिरो आहालमा पौडी खेल्न सुरु गरियो । सहिदहरुका सपना माथि बज्रप्रहार गरियो । नेपाली जनता र कार्यकर्ताको भावना माथि ढुंगा हानियो र सर्वहारा वर्गको इच्छामा कुठाराघात गरियो । शान्ति प्रक्रियाको नाममा आदर्श र सिद्धान्तबाट तुहिन थालियो । जनयुद्ध र जनमुक्ति सेना घाँडो हुन थाल्यो । युद्धमा लडेका इमानदार कर्तव्यनिष्ठ कार्यकर्ताहरु पराई हुन थालीसकेका छन ।

मनभरी बितेको समयले ऐठान पारिरहेको छ । वर्तमानले गिज्याइरहेको छ । भविष्य ठिङरिङ्ग खाली हात उभिएको छ । अब के गर्ने होला मनभरी यही प्रश्नले छाल हानिरहेको छ । हो प्रिय यो स्थीतीमा कसरी सम्झने हो ख्वै फेरीपनि फल्गुन एकलाई कसम अनुत्तरीत बनिरहेको छु ।

LIVE TV