२९ माघ २०७२, शुक्रबार

काठमाडौँ, नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले ‘एक्काइसौँ जनयुद्ध दिवस’का अवसरमा क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढ्न आह्वान गर्नुभएको छ ।
अध्यक्ष वैद्यले आज विज्ञप्ति जारी गर्दै फागुन १ गतेलाई नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा आधारित दिनका रुपमा सम्झन आग्रह गर्दै सहिदप्रति श्रद्धाञ्जलि, बेपत्ता योद्धाको विशेष स्मरण र घाइते तथा अपाङ्ग योद्धाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

अध्यक्ष वैद्यले सच्चा क्रान्तिकारी कम्युनिस्ट तथा माओवादीबीच एकतामा जोड दिँदै नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादको दिशामा अगाडि बढ्न आह्वान गर्नुभएको छ ।

विसं २०५२ मा तत्कालीन नेकपा (माओवादी)ले हिंसात्मक आन्दोलन सुरु गरेको फागुन १ गतेको दिनलाई माओवादी पार्टीहरुले ‘जनयुद्ध दिवस’का रुपमा मनाउँदै आएका छन् । रासस

 

LIVE TV