२९ माघ २०७२, शुक्रबार

‘राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर ठोसरुपमा एजेण्डा प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई दलहरुको सुझाव, भारत भ्रमणमा दीर्घकालीन सम्झौता नगर्न आग्रह’

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर ठोसरुपमा एजेन्डा प्रस्तुत गर्न विभिन्न दलका नेताहरुले सुझाव दिएका छन् । उनीहरुले दीर्घकालिन सम्झौता नगर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको आशन्न भारत भ्रमणवारे सुझावका लागि शुक्रवार साँझ डाकिएको सर्वदलीय बैठकमा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुको उपस्थिति थियो । बैठकवारे जानकारी दिदै कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नि खरेलले मुलुकको हितलाई केन्द्रमा राखेरमात्र भारत सरकारसंग स्पष्टरुपमा कुरा गर्न सुझाव आएको जानकारी दिनुभयो ।

यस्तै गरी एकीकृत माओवादीका प्रवत्ता दीनानाथ शर्माले असहज अवस्थामा हुन लागेको भारत भ्रमणलाई उपलव्धिमुलक बनाउन स्पष्ट एजेन्डा तयार गर्न सुझाव दिईएको बताउँनुभयो ।

सुझाव ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले भारतसंग सवै मुद्याहरुमा खुला र ठोसरुपमै छलफल गर्ने बताउँनुभएको थियो । आफ्नो भारत भ्रमण फलदायी बनाउन सवै प्रयासहरु गरिने ओलीको भनाई थियो ।

LIVE TV