
काठमाडौँ ,ठगी पक्राउ लोभले लाभ, लाभले विलाप । अक्सर मानिसहरु यही विलाप गर्न पुग्छन् प्रहरीकोमा । ठगिएका आफना रकम उठाइ पाउँ भन्दै काठमाडौ प्रहरीमा अनौठा उजुरीहरु परेका छन् । प्रहरीले ठगीमा माहिर तीन जनालाई पक्राउ पनि गरेको छ ।
महानरीय अपराध महाशाखाले संविधानसभाको सभासद बनाइदिन्छु भन्दै ठगी गर्ने काठमाडौं महानगरपलिका–७ घर भएका ४४ वर्षीय देवेन्द्र कुमार बर्तौलालाई ठमेलबाट पक्राउ ग¥यो । उनले सिन्धुपाल्चोक बाह्रबिसे ८ का हरि शरण श्रेष्ठलाई संविधानसभाको सदस्य बनाइदिन्छु भन्दै ५० लाख लाग्ने बताएका थिए । त्यसमध्ये, पटक–पटक गरी २० लाख लिन भ्याए । त्यसैको एक दिन पछि, घर विक्रीवाट आएको रकम ठगेको भन्दै दुई महिला काठमाडौ प्रहरीकोमा पुगेका छन् ।
एकै दिनका लागि भनेर लगेको ३५ लाख रुपैयाँ हप्तौ बित्दा पनि फिर्ता नभए पछि काठमाडौकी नाम बताउन नचाहने एक महिला पनि काठमाडौ प्रहरीकोमा पुगेकी छिन् । काठमाडौ प्रहरी परिसरमा ठूला व्याजको लोभमा लगानी गर्ने तर फिर्ता नदिएपछि आफू ठगिएको भन्दै उजुरी आउने गरेको काठमाडौ प्रहरी प्रवक्ता एसपी विश्वराज पोखरेलल बताउनुभयो ।
काठमाडौ प्रहरीले संखुवासभाका रामकुमार भण्डारी र सिन्धुपाल्चोकका विश्वराम नेपाललाई पक्राउ गरेको हो । .उनीहरुले फाइनान्सको नक्कली ऋणपत्र देखाएर काठमाडौकी नाम बताउन नमानेकी ती महिलाको ३५ लाख लगेको प्रहरीको भनाई छ । तर हप्तौ वित्दा पनि नदिए पछि उनी प्रहरीकोमा आइपुगेकी हुन् । आआफना स्वार्थको कारण पछिल्लो समय काठमाडौमा लेनदेनको ठगी बढ्दै गएको प्रवक्ता पो्खरेलको दावी छ ।
ससना कारोवारवाट सम्वन्ध विस्तार गर्ने र ठूलो रकम पाए हात परेपछि ठगी गर्ने क्रम बढ्दै गए पछि प्रहरीले सचेत रहन आग्रह गरेको छ ।