२९ माघ २०७२, शुक्रबार

काठमाडौँ , राउटेका मुखियाहरुले प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवटारमा भएको भेटघाटमा राउटेहरुले आफहरुलाई चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

kp+raaute

प्रधानमन्त्री ओलीले राउटे मुखियाहरु आधुनिक जीवनशैली अपनाउन र जंगलबाट गाउँ,सहरमा आउन आग्रह गर्नुभयो । आधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरुलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले तीनै जना राउटे मुखियाका परिवारलाई जुत्ता सहित  कपडा किनेर दिनुभएको थियो ।

राउटे मुखियाहरुले भने आफुहरुलाई सरकारले दिँदै आएको सहयोग बढाउनु पर्ने माग राखेका थिए । साथै चाडपर्वहरुको समयमा दिँदै आएको सहयोग रकम बढाउन पनि उनीहरुले प्रधानमन्त्री ओलीसंग आग्रह गरेका छन् ।

LIVE TV