
काठमाडौँ ,भारतीय उच्च शिक्षा वोर्डवाट स्वीकृत लिई नेपालमा गैरकानुनीरुपमा सञ्चालन हुँदै आएका कलेजहरुलाई सरकारले कानुनी दायरामा आउन गरेको आग्रहलाई अन्य शैक्षिक संस्थाहरुले स्वीकार गरे पनि मोर्डन इन्डियन स्कुलले अटेर गरेको छ । जस्को कारण सो स्कुलमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको विचल्ली बनेको छ ।
नेपाल सरकारले केही समय अगाडि भारतीय शिक्षा वोर्डवाट सञ्चालन हुँदै आएका शैक्षिक संस्थाहरुलाई कानुनीरुपमा दर्ता प्रक्रियामा आउन आग्रह गरेको थियो । सरकारको आग्रहलाई स्वीकार गर्दै केही दर्ता प्रक्रियामा आएपनि मोर्डन इन्डियनले अस्वीकार गर्यो । जसले गर्दा उक्त विद्यालयमा अध्यनरत कक्षा ११ र १२ का विद्यार्थीहरुको विचल्ली हुन गएको छ । मोर्डन इन्डियनको अटेरीलाई लिएर अभिभावक तथा विद्यार्थीहरु पनि आक्रोसित भएका छन् ।
नेपाल सरकारले नियमन गर्न नसक्दा लामो समयदेखि भारतीय शैक्षिक संस्थाहरु नेपालमा दर्ता विना नै खुलेआम सञ्चालन हुँदै आएका छन् । भारतीय शिक्षा वोर्डमा दर्ता हुने र त्यसैको पाठ्यक्रम पढाई हुने यस्ता विद्यालयहरु बन्द गरिनुपर्छ भन्दै लामो समयदेखि विरोध हुँदै आएको थियो । बढ्दो विरोधका माझ सरकारले केही दिन अगाडि भारतीय शैक्षिक संस्थाहरुलाई दर्ताको लागि समय तोकेरै आग्रह गरेपनि मोर्डन इन्डियन स्कुलले भने अटेर गर्दा अभिभावकहरु चिन्तामा परेका हुन् ।