२९ माघ २०७२, शुक्रबार

काठमाडौँ, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का नेपालका लागि मिसन प्रमुख प्याट्रिक भेरिसिमोले कृषि विकासमा प्रतिफल दिन कृषि विज्ञलाई आग्रह गर्नुभएको छ ।
उहाँले नेपाली किसानको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा आफू तल्लिन रहेको बताउँदै कृषि क्षेत्रको विकासले नेपाली अर्थतन्त्रमा सुधार आउने जानकारी दिनुभयो ।
cow
विश्व बंैकको सहयोगमा व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) द्वारा सञ्चालित कार्यक्रमको १३ औँ समीक्षा कार्यक्रमलाई कृषि विकास मन्त्रालयमा सम्बोधन गर्दै उहाँले कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा नेपालले जोड दिनुपर्ने धारणा राख्नुभयो ।
baali ramro
काभ्रे, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा सञ्चालित परियोजनाको समीक्षा समारोहमा कृषि विज्ञले कृषि क्षेत्रको विकासमा लगानी बढाउन जोड दिनुभएको थियो ।

व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) विश्व बैंकको सहयोगमा नेपाल सरकारले सन् २००९ देखि कार्यान्वयनमा ल्याएको हो ।

प्याक्टका आयोजना निर्देशक डा ईन्द्रकान्त झाले परियोजनाले किसान तथा कृषि व्यवसायीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा टेवा पुगेको बताउनुभयो ।

हाल प्याक्टद्वारा ८८४ उपआयोजना सञ्चालित छन् । सञ्चालितमध्ये २२० उपआयोजना सम्पन्न भई करिब ७० हजार मानिस लाभान्वित भएका छन् । थप करिब ५५० उपआयोजना छनोटकै चरणमा रहेको कृषि विकास मन्त्रालयका निमित्त सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा मन्त्रालयका सहसचिव सुरज पोखरेल तथा विज्ञहरु लेखनाथ आचार्य र काशीराज दाहालले कृषक र कृृषि प्रविधिका सम्बन्धमा आआफ्नो धारणा राख्नुभएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV