
काठमाडौँ ,मानव अधिकार आयोग राष्ट्रिय मानव अधिकार आयोगले मधेस आन्दोलनबाट बढी प्रभावित जिल्लाहरुमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेको छ ।
आन्दोलनको क्रममा ज्यान गुमाएका र घाइते भएका परिवारहरुको मानसिक तथा आर्थिक अवस्था दयनीय रहेको आयोगले जनाएको छ । शुत्र,बार एक विज्ञप्ती जारी गर्दै आयोगले अनुगमनका क्रममा मध्यतराईका सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहट लगायतका जिल्लाहरुको मानव अधिकारको अवस्था चिन्ताजनक र संवेदनशील रहेको पाइएको आयोगले जनाएको हो ।
आन्दोलनका कारण लामो समयसम्म सरकारी कार्यालयहरु बन्द हुँदा सर्वसाधारणले दोब्बर जरिवाना तिरेर राजश्व महसुल बुझाउनु परेको तथा प्रहरीले गर्ने महत्वपूर्ण घटनाहरुको अनुसन्धानको काम कारबाही अगाडि बढ्न नसकेको पाइएको आयोगले जनाएको छ ।
त्यसैगरी, आन्दोलनको क्रममा घाइते भएकाहरुको विवरण संकलन गरी उनीहरुको निःशुल्क र प्रभावकारी उपचार गराउन आयोगले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएको छ ।