२९ माघ २०७२, शुक्रबार

कावासोती, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अधिकारका कुराको आन्दोलनबाट स्थापित भइसकेकाले अब आर्थिक विकासलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

cy{dGqL kf}8]n–lgb]{zg gjlgo'Qm cy{dGqL lji0'f kf}8]n cfˆgf] dGqfno dftxtsf sd{rf/Lx?nfO{ lgb]{zg lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;
नवलपरासीको सुनवलमा आजदेखि सुरु भएको पश्चिमाञ्चलस्तरीय औद्योगिक तथा व्यापार मेलाको उद्घाटन गर्दै उहाँले देशमा राजनीतिक तहको क्रान्ति पूरा भएकाले आर्थिक विकासको गतिलाई अगाडि बढाउन सरकार लागिपरेको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो– “आर्थिक विकासका लागि निजी क्षेत्रलाई आकर्षण गर्न सरकारले काम गरिरहेको छ ।” 

मेलाको उद्घाटनमा सांसद एवम् एमाले केन्द्रीय सदस्य बैजनाथ चौधरी, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्ष भवानी राणा, केन्द्रीय सदस्य गुणनिधि तिवारीलगायतले बोल्नुभएको थियो । मेलामा नेपाल, पाकिस्तान, भारतदेखिका व्यापारीका गरी करिब ३०० कक्ष छन् । रासस (तस्बिर उपलब्ध छ)

 

LIVE TV