२९ माघ २०७२, शुक्रबार

काठमाडौँ ,तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख तीन दल र सरकारसंगको वार्ता सकारात्मक बन्दै गएको बताउनुभएको छ । आफूहरुले वार्ता र सम्वादबाटै समस्याको निकास निकाल्न चाहेको र आफ्ना मागहरुमा लचिलो बनेको उहाँको कथन छ ।

Mahanta_Thakur-1_-_Copy

शुक्रबार विराटनगरमा संचारकर्मीहरु संग अध्यक्ष ठाकुरले प्रदेशको सीमांकनको मुद्दा टुङ्गो लगाउन गठन गरिने संयन्त्रको कार्यविधिबारे सरकारसंग सकारात्मक छलफल भएको बताउनुभएको हो । उहाँले वार्तामा लचिलो भएपनि आफ्ना मागहरु नछोडेको बताउँदै उहाँले मधेसमा दुई प्रदेश हुनुपर्ने र मधेसका २२ जिल्लामा ८४ वटा संसदीय सिट हुनुपर्ने माग यथावत रहेको उहाँको प्रस्टोक्ति थियो । उहाँले संसदबाटै समस्याको समाधान निकाल्न आफूहरु तयार रहेको धारणा समेत व्यक्त गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेसी मोर्चामा मधेस केन्द्रित तीन दल समावेश गर्ने विषय वार्तामा मात्र सीमित भएको जानकारी दिनुभयो । उहाँले मधेसका माग

पूरा गराउन गठबन्धन आवश्यक भए पनि अहिले निर्णय भईनसकेको पनि प्रष्ट पार्नुभयो ।

 

 

LIVE TV