२९ माघ २०७२, शुक्रबार

फिल्म ‘क्लासिक’को प्रिमियर शोमा शुक्रबार बिहान कुमारी हलमा सम्पन्न भएको छ । यसै फिल्मको प्रिमियर शो मा नृत्य निर्देशक रेनेशा राईले आर्यन सिग्देल सँग बिशेश किसिमले अंकमाल गरीन् ।
vlcsnap-2016-02-12-14h03m25s975
फिल्मको प्रिमियर शोमा उपस्थित भएका आर्यन र रेनेशाको अंकमालले उपस्थितहरुको ध्यान तानेको थियो । त्यस्तै नायिका नम्रता पनि आफ्नो प्रेमि सँग उपस्थित भएकी थिईन् । आर्यनको फिल्म ‘क्लासिक’ले राम्रो प्रतिकृया पाउँदै गर्दा अहिले आर्यन र रेनेशाको अंकामालले पनि राम्रै प्रतिकृया पाएको छ ।
vlcsnap-2016-02-12-14h03m40s397
निर्देशक दिनेश रावतले निर्देशन गरेको फिल्म ‘क्लासिक’को प्रिमियर शो सँगै दर्शक माझ प्रदर्शनमा आएको छ । निर्देशक दिनेश रावतले ‘क्लासिक’ फिल्ममा भिन्न खालका दृष्टि बिहिन प्रेमिको कथालाई पर्दामा प्रस्तुत गरेका छन् । फिल्मको युनिटले शुक्रबार रीलीज सँगै प्रिमियर शोको आयोजना पनि गरेका थिए । फिल्मका कलाकार र प्राबिधिकको साथ पाएका अतिथिहरुले फिल्म हेरी सकेपछि चित्त बुझदो फिल्मको निर्माण भएको प्रतिव्रmीया दिएका थिए । सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा फिल्म लाई निर्माण गरीएको छ ।

LIVE TV