२९ माघ २०७२, शुक्रबार

फिल्महरुको प्रिमियर गर्दै अन्य सहकर्मी संग आफ्नो फिल्मको प्रतिक्रीया लिने प्रचलन पुरानै हो ।प्रिमियर बाट तर एकातिर फिल्मले राम्रो प्रतिव्रmीया पायो भने त्यसले फिल्मको लागि राम्रो गर्दछ भने अर्को तिर फिल्मको सबै कथा बस्तु सार्बजनिक हुने सम्भाबना पनि उत्तीकै रहन्छ ।तर आफ्नो फिल्म र फिल्मको प्रस्तुतीमा बिश्वस्तहुनेहरुले फिल्मको प्रिमियर गरेको देखीन्छ ।
ko afno suddo
नेपालमा बन्दै आएका फिल्म भन्दा अलि फरक कथा बस्तु लियर दर्शकमाझ जान लागेका को आफ्नो फिल्मका निर्माता एबं निर्देशक अनिल थापाले पनि आफ्नो फिल्मको स्पेशल प्रिमियर जय नेपाल सिनेमा हलमा गर्ने भएका छन ।आगामी फागुन सात गते देखी प्रदर्शनमा आउन लागेको फिल्मको प्रिमियर फागुन पाँच गते गर्ने तयारीमा निर्माण पक्ष जुटेका छन ।नेपाली पनबोकेको फिल्म को आफ्नोले एडप्टेड बच्चाको कथा बस्तु लाइ पर्दामा प्रस्तुत गर्ने छ ।अमेरीकाको लामो बसाइ पछि नेपाल आएका अनिल थापाले ऋचा शर्मा,सुवास थापा,शुशांक मैनाली,मेनुका प्रधान,राजन खतिवडा शान्ती प्रधान मार्फत फिल्मको कथा बस्तुलाइ पर्दामा प्रस्तुत गरेका छन ।
richa 4

फिल्ममा ऋचा शर्मा बिल्कुलै भिन्न रुपमा गाउले नारीको भुमीकामा देखा पर्दै छिन ।अन्य कलाकारहरुले पनि को आफ्नो फिल्ममा काम गर्दा भिन्न अनुभब भएको प्रतिव्रmीया दिएका छन ।एट ट्वान्टी थ्रि फिल्मसको ब्यानरमा फिल्मलाइ निर्माण गरीएको छ ।स्तरीय फिल्मको अभाब खड्किरहेको बर्तमान समयमा फिल्मले दर्शकलाइ सन्तुष्ट गर्ने आश फिल्मको ट्रेलर हेरी सकेपछि इन्डष्ट्रीमा गरीएको छ ।फागुन सात गते देखी फिल्म सार्बजनिक प्रदर्शनमा आउदैछ ।
glamourous-nepali-actress-reecha-sharma

LIVE TV