२९ माघ २०७२, शुक्रबार

काठमाडौं । मलेसियाले विदेशी कामदारसँग उठाउने लेभी बढाउने निर्णय तत्कालका लागि स्थगित गरेको छ । उद्योगी तथा व्यवसायीसँगको छलफलपछि मलेसियाले लेभीको दर बढाउने निर्णय तत्काल कार्यान्वयन नगर्ने जनाएको हो ।

maleshiya

कुनै अध्ययन अनुसन्धान बिना लेभी बढाउने निर्णय गरेको भन्दै उद्योगीहरुले सरकारको कडा आलोचना गरिरहेका थिए । मलेसिया सरकारले लेभी बढाएमा नेपाली कामदारहरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् ।

फेब्रुअरी १ देखि लागु हुने गरी मलेसियाले विदेशी कामदारको पारिश्रमिक माथि लागाउने लेभी ४ गुणासम्म बढाएको थियो ।
मलेसियाले २ दशमलव ५ अर्ब रिंगेट रकम लेभीबाट उठाउने लक्ष्य सहित लेभीको दर वृद्धि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV