२९ माघ २०७२, शुक्रबार

हुन त हरेक शुव्रmबार फिल्महरु बिचको प्रतिस्पर्धा हामीले देख्दै आएका छौ । तर यस हप्ता देखी हलमा लाग्ने फिल्महरु बिचको प्रतिस्पर्धा प्रचार प्रसार देखी नै आक्रमक रहदै आएको छ । शुक्रबार देखी तिन लब स्टोरी फिल्महरु प्रेमगित,क्लासिक र चलेछ बतास सुस्तरी दर्शक सामु प्रस्तुत भएका छन । प्रणय दिबस अर्थात भ्यालेन्टाइन डे को अबसरलाइ आफ्नो पक्षमा पार्ने प्रयासमा रहेका तिन वटै फिल्महरुले मायाको बिषय बस्तु लाई ससक्त रुपमा पर्दामा प्रस्तुत गर्दै छन् । माया र प्रेमको बिषयमा तिन वटै फिल्मका गित संगितले सञ्चार माध्यममा स्थान बनाउदै आएका छन । तर दर्शकहरुको रोजाईमा कुन फिल्म पर्ने हो त्यो चाही प्रतिक्षाको बिषय बनेको छ ।
premgeet
फिल्म प्रेम गितको युनिटले प्रेम गितको बिशेश शोको आयोजना बुधबार गरेका थिए । राम्रै चहल पहल सहीत गरीएको बिशेश शोमा आएका अतिथिहरुले फिल्म हेरेपछि चित्तबुझदो फिल्म बनेको प्रतिक्रीया दिई रहदा फिल्मको निर्माण पक्ष सन्तुष्ट देखीन्थे । सन्तोष सेनको आशुशेन फिल्मसको ब्यानरमा निर्माण भएको प्रेमगितलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप खड्का,पुजा शर्मा,सरोज खनाल,रुपा राना,लक्ष्मी गिरी,राजाराम पौडेल लगायत कलाकार मुख्य भुमीकामा रहेका छन । फिल्मको गित संगित र सुदर्शनको निर्देशकीय क्षमता लाई फिल्मको ससक्त पक्षको रुपमा हेरीएको छ ।
नोभेम्बर रेनमा दर्शकले रुचाइ सकेको जोडि आर्यन र नम्रताको जोडि फिल्म क्लासिक मार्फत पुरनागमन गरेका छन् । निर्देशक दिनेश रावतले भिन्न खाल दृष्टी बिहीन प्रेमीको कथा लाई पर्दामा प्रस्तुत गरेका छन् । दर्शकलाई सफल फिल्म दिइसकेका दिनेशले यस पटक पनि दर्शकलाइ चित्त बिझ्दो प्रस्तुती दिने आशा फिल्म इन्डष्ट्रीमा रहेको छ । फिल्मको युनिटले फिल्मको रीलिज संगै फिल्मको स्पेशल शोको अयोजना कुमारी हलमा गरेका थिए । फिल्मका कलाकार र प्राबिधिकको साथ पाएका अतिथिहरुले फिल्म हेरी सकेपछि चित्त बुझदो फिल्मको निर्माण भएको प्रतिव्रmीया दिएका थिए । सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेनमेन्टको ब्यानरमा फिल्म लाई निर्माण गरीएको छ ।
classic
फिल्म चलेछ बतास सुस्तरी पनि यही शुक्रबार देखीनै फिल्म हलमा लागेको छ । जुन फिल्मको पनि आफ्नै किसिमको बेग्लै बिशेशता रहेको छ । फिल्मलाई स्क्रीप्ट राइटीङ्गमा पहीचान बनाएका प्रदीप भारद्धाजले निर्माण गरेका छन् । दुई महीला निर्देशक सब्बु सुबेदी र अनिला खड्काले आफ्नो निर्देशकीय क्षमता फिल्ममा प्रस्तुत गरेका छन् । फिल्ममा प्रमोद भारद्धाज र सुस्मा कार्की मुख्य भुमीकामा रहेका छन् । फिल्मको कथा बस्तु लाई दर्शकले रुचाउनेमा फिल्मको युनिटको आत्म बिश्वास निकै उच्च रहेको देखीन्छ । फिल्मको गितले पहीले देखीनै दर्शकको ध्यान तानिरहेको छ ।

chalex batas

LIVE TV