२९ माघ २०७२, शुक्रबार

काठमाडौ,  आगामि फागुन ७ गते हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चार दिने भारत भ्रमणलाई भारतले ऐतिहासिक बनाउने गरी तयारी गरिरहेको छ ।भारतले अहिलेसम्म नेपालका कुनै पनि प्रधानमन्त्रीलाई नदिएको सम्मान दिने गरी तयारी गरिरहेको बताईएको छ ।

kp oli dai

उसले यसअघिका प्रधानमन्त्रीलाई पाँच तारे होटलमा राख्ने गरेपनि ओलीलाई भने राष्ट्रपति भवनमै राखेर सम्मान दिने तयारी गरिरहेको छ । यसअघि अर्का कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई पहिलो पटक राष्ट्रपति भवनमा राखिएको थियो ।
प्रधानमन्त्रीसँगै राष्ट्रपति भवनमा उनको भ्रमण टोलीका १० जना विशिष्ट पाहुँनाहरु रहने छन । बाँकी डेलिगेटहरुलाई भने पाँच तारे होटलमा राखिने छ ।प्रधानमन्त्री भारत भ्रमणमा पुगेकै भोली पल्ट उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँगको द्धिपक्षीय छलफलको कार्यक्रम तय बताईएको छ ।
त्यसैगरी ओलीलाई यस पटक अरु प्रधानमन्त्रीका भ्रमण भन्दा बढी सम्मान दिने गरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीले दिवा तथा रात्री भोजको आयोजना गर्ने छन ।भारतले मधेस आन्दोलन, संविधान जारी भएपछि नेपाल र भारतवीचको सम्बन्धमा देखिएको चिसोपना र सम्बन्धमा देखिएको दरारलाई पुर्दै सम्बन्धमा न्यानोपन ल्याउन त्यस्तो तयारी गरेको बताईएको छ ।

प्रधानमन्त्रीको यो भारत भ्रमण ऐतिहासिक हुने विश्वास ब्यक्त गर्दै भ्रमण नेपालमा लगानी र साझेदारीको विषयमा कोशेढुंगा हुने बताईएको छ ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मधेसको मुद्दा संबोधन गर्ने गरी आफ्नो भारत भ्रमण अघि नै सीमांकनकोलागि संयन्त्र बनाउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

नेपालमा संविधान जारी गरेको विषयमा भारतको असन्तुष्टी पछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अनिश्चित बनिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV