२९ माघ २०७२, शुक्रबार

काठमान्डौँ प्रमुख ३ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सीमांकन देखिएको विवाद लगायतका अन्य विषयमा छलफल भइरहेको बाल्वाटर नजिक स्रोतले जनाएको छ ।

baluwatar

प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा बसेको बैठमा तीन दल र संयुक्त मधेसी मोर्चा सम्मिलित कार्यदलका सदस्यहरु सहभागी छन्।

साथै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि हुने भारत भ्रमण र उच्चस्तरिय राजनीतिक संयन्त्र गठनका विषयमा पनि छलफल भइरहेको बताइएको छ। ओलीले आजै अपरान्ह सवैदलीय बैठक समेत बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV