
मलेखु, काठमाण्डौ बाट चितवनतर्फ जाँदै गरेको कारले धादिङको गजुरीमा बाटो हिँडिरहेकाहरुलाई ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
काठमाण्डौ बाट चितवन जाँदै गरेको बा५च ६८४४ नं को कारले सडक किनारमा ठक्कर दिँदा गजुरी गाविस वडा नं १ की १९ वर्षीया सपना लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गजुरीले जानकारी दिएको छ ।
दुर्घटनामा चारजना घाइते भएका छन् घाइतेहरुलाई उपचारका लागि पठाइएको छ । कार चालक भने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस