२९ माघ २०७२, शुक्रबार

काठमान्डौ ,कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।मोटरसाइकलमा आएका अपरिचित व्यक्तिको गोली प्रहरबाट वाणगंगा नगरपालिका–१० का ३७ बर्षिय राजेश सेनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

pestol
नम्बर प्लेट नराखिएको मोटरसाइकलमा आएका तीन जनाले सेनलाई जितपुर चोकमा हिजो बेलुका गोली हानेको प्रहरी प्रशासनले बताएको छ ।अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीयवासी राजेश सेनको मृत्यु भएको छ ।छातीमा गोली लागी गम्भीर भएका ३७ वर्षीय सेनको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी बताएको छ ।

सेन जितपुर ४ नं चोकमा नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न बनाएको मञ्च नजिकै बसिरहेको अबस्थामा उनलाई ताकेरै रातो रङको मोटरसाइकलमा आएका दुई युवकमध्ये एकले जमिन उत्रेर चार राउन्ड जति गोली प्रहार गरेको स्थानीयवासीले बताएका छन् । साँझ ७ः३० बजे नं प्लेट नभएको मोटरसाइकलमा आएका व्यक्तिले सेनमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहारसँगै स्थानीय युवाले घटनास्थल जितपुर चोकमा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । स्थिति तनावपूर्ण छ । अहिले सो क्षेत्रमा यातायात बन्द रहेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताएका छन
प्रहरीले गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको र त्यसका लागि जिल्लाका सवै नाकामा प्रहरी प्रशासन परचिालन गरी कडाइ गरिएको समेत बताएको छ ।

LIVE TV