
बलिउडका अभिनेता जोन अब्राहमले आउने लागेको फिल्म ‘रक्की हेण्डसम’को नयाँ पोष्टर रीलीज गरेका छन् । तस्बिरमा अब्राहमको अनुहार भरी चक्कुको निसान रहेको छ । यसका साथै उनले हातमा चक्कुका साथै पिस्तोल पनि लिएका छन् ।
‘रक्की हेण्डसम’ फिल्ममा उनि एक्शन अवतारमा देखिने भएका छन् । यस फिल्ममा अब्राहमलाई निशिकान्त कामतले मदत गरेका छन् । उल्लेखनिय कहानी भएको फिल्म ‘द मेन फ्रम नवेयर’ को रुपान्तरीत फिल्म हो ‘रक्की हेण्डसम’ । ‘रक्की हेण्डसम’ फिल्मलाई मार्चको २५मा रीलीज गरीने बताएका छन् । फिल्ममा जोन अब्राहम, निशिकान्त कामत,श्रुति हसान लगाएतले अभिनय गरेका छन् ।