२९ माघ २०७२, शुक्रबार

दाङ २९  माघ नेपाल मगर संघ दाङले घोराहीको त्रिभुवन पार्कमा सहिद लखन थापाको शालिक निर्माण गरेको छ । राणा शासनको समयमा हत्या भएका लखन थापाको शालिक निर्माण गर्न संघले २०६४ सालदेखी पहल थालेको थियो ।

राणा शासनविरुद्घ आवाज उठाउँदा १९३३ फागुन ३ गते गोरखामा थापालाई झुन्ड्याएर हत्या गरिएको थियो । थापाको सम्मान र सम्झनामा पार्कमा शालिक निर्माण गरिएको संघका जिल्ला अध्यक्ष सितलाल पुनले जानकारी दिनुभयो ।

lakhan thapa

पार्कमा थापाको शालिक निर्माणका लागि मगरहरुले विभिन्न टोल विकास संस्था, राजनैतिक दलहरुसँग छलफल गर्नुका साथै जिल्ला प्रशासन र घोराही नगरपालिकामा ज्ञापन पत्र समेत वुझाएका थिए । यसैबिच संघका जिल्ला अध्यक्ष  मगरले शालिक निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका छन ।

थापाको स्मृतिमा यहि फागुन २ गते शालिक अनावरण गर्ने तयारी गरिएको छ । शालिकको अनावरण सामान्य प्रशासन मन्त्री रेखा शर्माले गर्ने कार्यक्रम तय भएको मगर संघ दाङले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस्
LIVE TV