२८ माघ २०७२, बिहीबार

 

२०४६ सालको जन आन्दोलनका क्रममा नारायणहिटि राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गरेको एक युवकको तस्वीर सम्भवतः अधिकांश नेपालीले कतै न कतै देखेको हुनुपर्छ । त्यही आन्दोलनको बलमा मुलुकबाट ३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो र मुलुकमा फेरी बहुदलीय व्यवस्था शुरु भयो । चैत २४ गते नारायणहिटी राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गर्दा दाङका ती युवक तारा खडका प्रहरीको गोली लागेर घाइते भए । तर घाइते भएका खडका अहिले गाँस र बासको लागि भिख माग्दै हिड्नुपर्ने अवस्थामा पुगेका छन् । जन आन्दोलन २०४६ का घाइते तारा खडका अहिले आफनो भात र सासका लागि भिखमाग्दै हिडेका छन् । २०४६ साल चैत २४ गते नारायणहिटि राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गर्दा प्रहरीको गोली लागि घाइते भएका खडका अहिले गाँस र बासको लागि भिख माग्दै नेपालका कुनाकुनामा पुग्ने गरेका छन् ।

vlcsnap-2016-02-11-18h44m08s41

शालिक तोडन गएका १७ जनामा ८ जना त्यहि प्रहरीको गोली लागि मरे भने ९ जना घाइते भए । उनले उपचारका लागि आफनो भक्तपुरमा रहेको घर ९० लाखमा बेचेर उपचार गराए । त्यसले पनि नपुगे पछि उपचारका लागि त्यतिवेला राज्यले ५० लाख रुपैयाँ उनको उपचारका लागि उपलब्ध गरायो । तर घाइते खड्का निको हुन सकेनन् । रुकुम जिल्लाको मुसिकोटमा २०२२ सालमा जन्मिएका खड्का तत्कालीन प्रधानमन्त्री मरिचमान सिह श्रेष्ठका धर्मपुत्र भएर पनि पञ्चायत विरुद्ध लडेका थिए । ४५ वर्षका उनै तारा खडका अहिले आफनो जीवन यापनका लागि शहरहरुमा भीख माग्दै हिडिरहेका छन् ।जनआन्दोलनमा गोली लागेर घाइते बन्दा जति पीडा भएको थियो,त्यो भन्दा दोब्बर पीडा बहुदल हुदै लोकतन्त्र आउदा समेत राज्यले आफूलाई चिन्न नसकेकोमा भएको खड्काले बताए । राज्यले बेवास्ता गर्दा बाँच्नकै लागि समेत भिख माग्दै हिड्नपरेको उनी बताउँछन् । देशको लागि ज्यूँदो सहिद भएर पनि कुनै सम्मान पाउन नसकेकोमा कुनै चित्त दुखाइ नरहे पनि कमसेकम आफू बाँचुञ्जेल गाँस र बासको व्यवस्था राज्यले गरिदेवस् भन्ने उनको अपेक्षा छ । घाइते भएको तीन वर्ष पछि मात्र अमेरिकाको अस्पतालमा खड्काको होश खुलेको थियो । उनी अहिले पनि औषधि खाइरहेका छन् । औषधीको असरले होला अहिले त उनी मानसिक रुपमा समेत विचलित बनेका छन् । औषधी खाना छोडे त्यहि पुरानै आन्दोलको स्मरण हुने र ‘एक्लै राजतन्त्र,राजा र पञ्चायका विरुद्ध नारा लगाउँदै बरबराउने गरेको उनी निकटस्थहरु बताउँछन् । अहिले साझ विहानको खाना र औषधी किन्न समेत समस्या भएको उनले बताए । उनको अहिले एक हात चल्दैन भने एउटा खुट्टै छैन । जिब्रो समेत तत्कालीन प्रशासनले उतिवेलै काटेर फालिदिएको छ । यसले गर्दा उनी अहिले राम्रो संग वोल्न समेत सक्दिनन् ।

LIVE TV