अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार विरुद्धको कारवाहीमा तीव्रता आवश्य भएको बताएको छ । जनता अझै आयोगवाट आश्वस्त हुन नसकेको पनि आयोगले स्विकार गरेको छ ।
आयोग स्थापनाको २५ औं बर्षगाठको उपलक्ष्यमा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दिनुभएको एक विज्ञप्ती जारी गर्दै नेपालमा भ्रष्ट्राचार विरुद्धको कारवाही थप गतिशिल बनाउनु पर्ने आवश्यकता भएको उल्लेख गर्नुभएको छ । राजनीति, प्रशासन लगाएतका क्षेत्रलाई भ्रष्ट्राचारवाट मुक्त गर्न भविष्यमा आयोगले कठोर कदम चाल्ने स्पष्ट पार्नुभएको छ । पछिल्लो बर्ष आयोगले विभिन्न माध्यामहरुको विकास गरी सर्वसाधारणहरुवाट गुनासाहरु टिपाउने कार्यलाई सहज बनाएको भन्दै त्यसले गर्दापनि भ्रष्ट्राचार विरुद्ध आयोगको सक्रियता बढेको कार्कीको भनाई छ । सार्वजनिक निकायका काम कारवाहीहरुलाई पारदर्शी, जिम्मेवार र जवाफदेही बनाउनु पर्ने जनगुनासोलाई आयोगले मनन गरी गम्भिरताका साथ अनियमितता र भ्रष्ट्राचार विरुद्ध भविष्यमा थप क्रियाशिलता बढाउने पनि उँहाको योजना छ । पछिल्ला बर्षहरुमा राजस्व छल्ने प्रवृती बढेको उल्लेख गर्दै कार्कीले राज्य श्रोतको दोहन गर्न खोज्ने तर राज्यप्रतिको दायित्व निर्वाह गर्न नचाहने प्रवृतीलाई आयोगले गम्भिरताकासाथ लिएको बताउँनुभएको छ ।