२८ माघ २०७२, बिहीबार

सासद डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धी सम्झौता र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताउनु भएको छ ।
काठमाण्डौंमा आयोजित एक कार्यक्रममा विज्ञ समूहका सदस्य समेत रहेका भट्टराईले विज्ञ समूहले असमान सन्धी पुनरावलोकनका लागि प्रक्रिया अगाडि बढाईसकेको बताउनुभयो । उहाँले औपचारिक भ्रमण दुई राष्ट्रप्रमुखबीच सीमा विवादका कुरा गर्नु उचित नहुने बताउनुभयो ।


भट्टराईले प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा राजनीतिक र दिर्घकालीन प्रकृतिका विषयहरु भएकोले दुई देशवीचको ब्यापार सहज बनाउने, नेपालको आर्थिक विकासमा भारतको सहयोग लिने, विगतमा सहमति भएका तर कार्यान्वयन नभएका योजनालाई छिटो अगाडि बढाउने र पुर्ननिर्माणकोलागि भारतले घोषणा गरेको सहयोग कुन कुन परियोजनामा खर्च गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।
नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीको भ्रमणमा भारतसँगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्ने भन्दै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा ध्यान दिनु पर्ने बताउनुभयो । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाल भारत सम्बन्धलाई थप सुनिश्ति गर्ने गरी कुरा उठाउनु पर्ने बताउनुभयो । उहाँले भुपरिबेष्ठित मुलुकको अधिकार बाधित हुन नदिने विषयमा कुराकानी गर्नु पर्ने बताउनुभयो ।
परराष्ट्रविद्ध डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सूची बोकेर जानु भन्दा पनि पुरा नभएका पुराना एजेण्डा नै कार्यान्यवयनमा दवाव दिनु पर्ने बताउनुभयो ।

LIVE TV