२८ माघ २०७२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छलफल र सहमतिहरु गर्ने बताउनुभएको छ । उहाँले भारत असल छिमेकी भएकाले पछिल्लो समयको असहज अवस्थाका बारेमा गंभीर छलफल हुने पनि बताउनुभयो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनको काठमाण्डौमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ संविधान जारी भइसकेकाले अव समृद्धितर्फ लाग्नु पर्ने बताउनुभयो । उहाँले सरकार जनताका समस्यावारे पूर्ण सचेत रहेको दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो आशन्न भारत भ्रमणमा मुलुकको स्वार्थलाई सर्वोपरी मानी भारत सरकारसंग छलफल हुने स्पष्ट पार्नुभयो ।

pm oli
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान कार्यान्वयनम राजनीतिक दलहरु बीचको सहकार्य थप आवश्यक रहेको बताउँनुभयो । एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा द्धन्द्ध होईन शान्ति र स्थिरताको लागि योगदान गर्नुपर्ने समय आएको बताउनुभयो ।
तीन दिनसम्म चल्ने अनेरास्ववियुको महाधिवेशनले अध्यक्षसहित १७ सदस्यीय पदाधिकारीहरुको चयन गर्नेछ । नेतृत्वका लागि एमाले संस्थापन पक्ष र माधवकुमार नेपाल पक्षीय विद्यार्थी प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

LIVE TV