२८ माघ २०७२, बिहीबार

मष्तिष्कघात भएपछि ३ दिन यता न्यूरो अस्पताल बाँसबारिमा उपचाररत कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । सभापति सुशील कोइरालाको मृत्युको खबर सुनेर कोइराला निवास पुगेका आचार्य शरिरमा असजिलो भएपछि अस्पताल जानुभएको थियो ।
अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आएको चिकित्सकहरुले बताएका छन् ।

narahari

उहाँलाई चिकित्सकहरुको निगरानीमा राखिएको छ । हिजोदेखि उहाँलाई फिजियोथेरापी गराइएको छ । आचार्यलाई अहिले बोल्न दिइएको छैन । आचार्यको मष्तिस्कमा रगत जमेकोे चिकित्सकहरुले बताएका छन् । उनीहरुका अनुसार बोल्ने र दाइनेहरको कनेक्सन हुने ठाउँमा रगत जमेको छ । त्यसैले उहाँको दायाँ हर शिथिल छ । जमेको रगत ४ दिनमा आफै पग्लीने चिकित्सकहरुले बताएका छन् । पग्लीएपछि त्यो रगत कसरी बग्छ त्यसपछि मात्रै आचार्यको स्वास्थ्यमा कस्तो सुधार हुन्छ भन्ने तय हुने चिकित्सकहरुले बताएका छन् ।
सभापति कोइरालाको मृत्युबारे मिडियालाई जवाफ दिँदा दिदै आचार्यले असजिलो भयो भनेपछि कांग्रेस सभासद भिमसेनदास प्रधानले उहाँलाई समाएर बाहिर ल्याउनुभएको थियो । त्यहाँबाट बाँसबारी स्थित गंगालाल हृदयरोग केन्द्र पु¥याइएका आचार्यमा मुटुसम्बन्धी समस्या नदेखेपछि डाक्टरहरुले न्यूरो अस्पताल लैजान सुझाएका थिए । न्यूरो अस्पतालमा पुगेपछि उहाँको ब्रेन ह्यामरेज भएको थाहा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV