२८ माघ २०७२, बिहीबार

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले उच्चस्तरीय राजनैतिक समितिको टिओआरमा सहमति बने सरकारसंगको वार्ता अघि बढ्ने बताउनु भएको छ । सीमांकन मधेसवादी दलहरुको मुख्य माग रहेकाले यसलाई सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । बुधवार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै अध्यक्ष ठाकुरले सिमामा गरिएको आन्दोलन माग पूरा गराउन गरिएको आन्दोलनको एउटा रुप मात्र भएको बताउँनुभयो । मधेसका माग पूरा नभएसम्म आफुहरुको शान्तिपूर्ण आन्दोलन जारी रहने प्रष्ट पार्नुभयो । उहाँले संसारमा कुनै पनि आन्दोलन एक पटकमा सफल नभएको उल्लेख गर्दै आफुहरुले मधेस आन्दोलनको स्वरुप परिवर्तन गरेर शक्ति संचय गर्न लागेको स्पष्ट पार्नुभयो ।

Mahanta_Thakur-1_-_Copy
अध्यक्ष ठाकुरले संविधानमा गरिएको दुई वटा संसोधनले आफुहरुको आंशिक माग मात्र पूरा भएको बताउनुभयो । उहाँले संविधान संसोधन गर्दा समेत राज्यले ठगेको आरोप लगाउनु भयो । अध्यक्ष ठाकुरले मोर्चाको आचारसंहिता उल्लंघन गरेकाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई सचेत गराइएको जानकारी पनि दिनुभयो ।

LIVE TV