२८ माघ २०७२, बिहीबार

बाँके, तीन दिनअघि अपहरणमा परेका कोहलपुर ९ झण्डहवाका ७ वर्षीय बालक बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घरदेखि करिव ३० मिटर टाढा परालको कुन्युमा बोरामा बेरेर राखिएको अवस्थामा बुधबार बालक आकास चौधरीको हत्या गरिएर फालिएको अवस्थामा  शब फेला परेको ईलाका प्रहरी कार्यालय बाँकेले  जनाएको छ आकासको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजीव बस्नेतले जानकारी दिनुभयो ।

बालक हत्या घटनाको अनुसन्धानका लागि शंकास्पद ५ जनालाई पक्राउ गरिएको छ । ती मध्ये एकजनाले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । माघ २४ गते घरमा कोही नभएको अवस्थामा बालक अपहणमा परेका थिए । रामशंकर चौधरी र सीतारानी चौधरीका एकमात्र छोराको हत्या भएपछि झण्डहवा गाउँ नै शोकमा डुबेको छ । बालक हराएको बारे अभिभावकले माघ २५ गते कोहलपुर प्रहरीलाई खबर गरेको मृतक बालकका बाबु रामंशखरले बताउनुभयो ।

LIVE TV