
साताको अन्तिम दिन नेप्से परिसुचक सामान्य घटेको छ । बजार खुलेको केही समय बढेपनि अन्तमा घटेको छ । अन्तिम दिन नेप्से परिसुचक ० दशमलव ०३ अंकले घटेर १ हजार २ सय ६३ दशमलव ७२ अंकमा कारोवार भएको छ । विहिवार दिनभर सवै समुहका परिसुचक सामान्य घटवढ भएका छन् । विकास बैंक र बीमा समुह ओरालो लाग्दा समग्र नेप्से परिसुचक ओरालो लाग्न पुगेको हो ।
यसैगरी, बजारमा प्रभाव पार्ने बैंकिङ समुह पनि सामान्य मात्र बढेको भने जलविद्युत समुह ४३ अंकले उकालो लागेको छ । बजारमा दिनभर कुल ५३ करोड ८८ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । जसमध्ये सवैभन्दा बढी नेपाल बैंकको सेयर करोवार भएको छ । नेपाल र्बैंकको दिनभर ६ करोड २७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । विहिवार दिनभर कुल १ सय १५ कम्पनीको ८ लाख ९० हजार कित्ता सेयर कारोवार भएको छ ।