२८ माघ २०७२, बिहीबार

नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ६ महिनामा १४ करोड ३९ लाख रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३० प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्स्योरेन्सले १० करोड ३ लाख रुपैंया खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ४ करोड ३६ लाख रुपैंयाले बढेको हो । दास्रो त्रैमासमा १ अर्ब ८ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ६० प्रतिशत बोनस शेयर बितरण पश्चात आफ्नो चुक्ता पूँजी १ अर्ब ७३ करोड रुपैंया पु¥याएको छ ।


इन्स्योरेन्स कम्पनीको जगेडा कोष २६ करोड ५४ लाख रुपैंयाको रहेको छ भने जीवन बीमा कोषमा २७ अर्ब ३५ करोड ८७ लाख रुपैंया रहेको छ । महाविपत्ती जगेडा कोषमा ९ करोड ७ लाख रुपैंया रकम रहेको नेपाल लाइफले ६ महिनाको अवधिमा ४ अर्ब ७ करोड ३५ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमाशुल्क आर्जन १४ प्रतिशतभन्दा बढीले उकालो लागेको हो । उक्त अवधिमा कुल ४ अर्ब १३ करोड रुपैंया बीमा शुल्क आर्जन गरेको बीमा कम्पनीले हालसम्म ३४ अर्ब ३ करोड ३० लाख रुपैंया बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल लाइफको प्रतिशेयर आम्दानी १६ रुपैंया ६१ पैसा कायम भएको छ । त्यसै गरि प्रतिशेयर नेटवर्थ १ सय २० रुपैंया ५४ पैसा तथा मुल्य आम्दानी अनुपात १ सय ९८ रुपैंया ७९ पैसा रहेको नेपाल लाइफको औसत प्रतिफल दर ७ दशमलव ७२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV