२८ माघ २०७२, बिहीबार

महोत्तरी, चिनी मिलबाट निस्कने प्रेस मलप्रति किसान आकर्षित हुन थालेका छन् ।

baali ramro

जिल्लाको गौशाला नगरपालिका– ३ मा अवस्थित एभरेष्ट सुगर मिलले निःशुल्क रुपमा प्रेस मल उपलब्ध गराउन थाले पछि उनीहरु आकिर्षत भएका हुन् । उखु बोकेर चिनी मिलमा आउने किसानलाई मिलले निःशुल्क रुपमा मल उपलब्ध गराउँदै आएको एभरेष्ट सुगर मिलका महाप्रबन्धक युगल किशोर चौरसियाले बताउनुभयो । प्रेस मलको प्रयोगले उखु उत्पादनमा वृद्धि हुन्छ ।

“स्थापनादेखि नै किसानलाई प्रेस मल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएका छौँ” चौरसियाले भन्नुभयो । जिल्लाकै ठूलो उद्योगबाट महोत्तरी, धनुषा र सर्लाहीका किसानले प्रेस मल लैजाने गरेका छन् । विशेष गरी उखु खेतीको लागि अन्य मलको तुलनामा मिलबाट निस्कने प्रेस मलले अधिक फाइदा पु¥याएपछि किसान आर्षित भएका हुन् । रासस
––––––––

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV