१२ औ दक्षिण एसियाली खेलकुद सागको सातौ दिन आज नेपालले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गदैछ । महिला फुटबल अन्तरगत आज भएको दोस्रो खेलमा नेपाल भारतसगं गोल रहित बराबरीमा रोकिएको छ ।
नेपालको इतिहासमा नेपाली महिला फुटबल टिम भारतसगं गोल रहित बराबरीमा रोकिएको यो पहिलो पटक हो । नेपाली फुटबल महिला टोलिले अब शनिबार श्रीलंका विरुद्ध खेल्नेछ ।
साग अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र बङ्गलादेश भिडिरहेका छन् । नेपालले खेलको तेस्रो मिनेटमा नै एक गोल गरेको छ ।
नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि नेपालले सेमिफाइनलको यात्रा एक खेल अगावै तय गरेको हो ।
त्यस्त,ै नेपालले बङ्गलादेशलाई पराजित गरेमा समूह बी को विजेता बन्दै सेमिफाइनका यात्रा तय गर्नेछ भने हार बेहोरेमा समूहको उपविजेताका रुपमा सेमिफाइनमा प्रवेश गर्नेछ । सागको सातौ दिन सम्ँम नेपाल कुल ३२ पदक सहित तालिकाको पाचौ स्थानमा छ । जसमा स्वर्ण एक, रजत १२ र १९ कास्य नेपालको पोल्टामा छ । नेपाललाई सागमा उुसु खेलले सर्वाधिक पदक दिलाएको छ ।