
अनुहामा वा कतै असुहाउदो ठाउमा कोठिभएर कसरी फाल्ने भन्ने उपाए सोच्दै र खोज्दै हुनुहुन्छ ?कतिपय मान्छेको अनुहारमा कोठीले सुन्दरता थप्छ तर कतिपय मान्छेलाई भने दुख पनि दिन्छ । तपाइँलाई कोठीले दुख दिएको छ तर अपरेसन गरेर हटाउन मन छैन भनेपनि नआत्तिनुस् घरेलु समाधान पनि सजिलो छ ।
- एस्पिरिनको पेष्टः सामान्यतय एस्पिरिनको ट्याबलेट पेन किलरकोरुपमा प्रयोग गरिन्छ । तर त्यसले कोठि हटाउन पनि मद्धत गर्दछ । एस्पिरिनको ट्याबलेट फुटाउनुस् र पाउडर बनाउनुस् । यसलाई पानीमा मिलाएर पेष्ट बनाउनुस अनि कोठीमा लगाउनुस् । १५ मिनेटपछि त्यसलाई सफा पानीले सफा गर्नुस् । नियमितरुपमा यो प्रक्रिया दोहो¥याउनुस् कोठी आफै विलाउदै जान्छ ।
- भिनेगर र तातोपानीः एउटा कचौरामा मन तातो पानी राख्नुस् र त्यसमा सेतो भिनेगर मिसाउनुस् । त्यसपछि केही बेरमा कपासले विस्तारै कोठीमा यो लेप लगाउनुस् । ३० मिनेटपछि सफा पानीले धुनुस् ।
- खाने सोडाः खाने सोडा पानीमा मिलाएर पेष्ट तयार गर्नुस् र कोठी भएको स्थानमा लगाएर १ घण्टा छोडिदिनुस् । १ घण्टापछि मनतातो पानीले सफा गर्नुस् । एक हप्ता सम्म यसको प्रयोग गरेमा कोठी स्वतः हराएर जान्छ ।
- लसुनको पेष्टः लसुन पिँधेर पेष्ट तयार गर्नुस् । यसलाई कपासको मद्धतले कोठी भएको स्थानमा लगाएर रातभर छोडिदिनुस् । विहान सफा गर्नुस् ।
- प्याजको पेष्टः रातो प्याजको पत्र काट्नुस् र त्यसमा नून मिसाउनुस् । यसलाई कोठी भएको स्थानमा लगाउनुस् र ३ घण्टा छोड्नुस् । ३ घण्टापछि सफा गर्नुस् । नियमित यो प्रक्रिया गर्दा कोठी आफै हट्छ ।