
एकमुखे रुद्राक्ष : स्यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ । विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
द्विमुखी रुद्राक्ष : सबैप्रकारका कामनालाई पूरा गर्ने तथा दाम्पत्य जीवनमा सुख, शांति व यश प्रदान गर्ने ,अर्धनारीश्वरको रुप ।
त्रिमुखी रुद्राक्ष : ऐश्वर्य प्रदान गर्ने ।
चतुर्थमुखी रुद्राक्ष : धर्म, अर्थ काम तथा मोक्ष प्रदान गर्ने ।
पंचमुखी रुद्राक्ष : सुख प्रदान गर्ने ,सन्तान सुख।
षष्ठमुखी रुद्राक्ष : पापहरुवाट मुक्ति तथा सन्तान सुख प्रदान गर्ने ,भगवान कार्तिकेय को स्वरुप।
सप्तमुखी रुद्राक्ष : दरिद्रता हटाउने ,सप्तग्रह र शनिश्वर को स्वरुप।
अष्टमुखी रुद्राक्ष : श्री गणेश, आयु तथा सकारात्मक ऊर्जा प्रदान गर्ने ।
नवममुखी रुद्राक्ष : भगवती देवी दुर्गा,शक्ति प्रदान गर्ने, मृत्यु भय बाट मुक्त गर्ने ।
दसमुखी रुद्राक्ष : विष्णु को स्वरुप्, शान्ति तथा सौन्दर्य प्रदान गर्ने ।
एघार मुखी रुद्राक्ष : भगवान रुद्र , विजय दिलाउने, ज्ञान तथा भक्ति प्रदान गर्ने ।
बाह्र् मुखी रुद्राक्ष : भगवान नारायण र सूर्य ग्रह , धन प्राप्ति प्रदान गर्ने ।
तेह्र् मुखी रुद्राक्ष : इन्द्र , कुवेर, कामदेव र पितृदेवता, शुभ वा लाभ प्रदान गर्ने ।
चौध मुखी रुद्राक्ष : हनुमानको प्रतीक, सम्पूर्ण पाप नष्ट गराउने ।
रुद्राक्ष नेपालको अतिरिक्त, बर्मा, इङ्गल्याण्ड, बंगलादेश तथा मलेशियामा समेत अत्यधिक पाइने गर्दछ । भारतको बिहार, बंगाल, मध्य प्रदेश, आसाम तथा महाराष्ट्र पनि पाइन्छ । विद्वानहरुको भनाई रहेको छ रुद्राक्षको माला धारण गर्नाले मानिसको शरीरमा प्राणको नियमन भै कैयौ प्रकारका शारीरिक तथा मानसिक विकारबाट रक्षा हुने गर्दछ । यस्को माला लगाउनाले हृदयविकार तथा रक्तचाप आदि रोगहरुमा विशेष लाभ हुन्छ । यस्को बोट १८(२० मीटर सम्म अग्लो हुने र सदाबहार रहने गर्दछ । यस्को फल गोलाकार,१।३(२ सेमी व्यास तथा काँचो अवस्थामा हरियो रङ्गको हुन्छ । यस्को बीजलाई रुद्राक्ष भनिन्छ । यस्को पुष्पकाल तथा फलकाल फेब्रुअरी देखि जुन सम्म हुन्छ । रुद्राक्षका केही औषधीय गुणहरु निम्नानुसार रहेका छन् स्
रुद्राक्षको शरीरमा स्पर्शले उत्तेजना, रक्तचाप तथा हृदय रोग आदिलाई नियंत्रित गर्दछ ।
रुद्राक्षलाई पिंधेर महको साथमा लगाउँनाले दादमा लाभ हुन्छ ।
रुद्राक्षलाई पिंधेर दुधको साथमा अनुहारमा लगाउँनाले अनुहारको डण्डिफोर नष्ट हुन्छ ।
रुद्राक्षको फललाई पिंधेर लगाउँनाले दाह ९जलन० मा शान्ति हुन्छ। सितलता प्राप्त हुन्छ ।
यदि बच्चाको छातिमा कफ जमेको छ भने रुद्राक्ष घोटेर महमा मिलाएर ५(५ मिनट को अन्तरालमा रोगी बच्चालाई चटाउनाले उल्टीद्वारा कफ निस्कन्छ र बच्चालाई एकछीनमा निको महसुस हुन्छ ।