
साउदी अरब, हृदयघातका कारण तीन महिनाअघि साउदीमा मृत्यु भएका पर्वत थानामौला–२ का २५ वर्षीय सुनिल नेपालीको परिवारलाई यहाँ रहेका नेपालीले करिब चार लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सङ्कलित रकम सुनिलकी आमा मैताकुमारी नेपालीको नाममा दुई लाख ३७१ र उनकी श्रीमती यममाया नेपालीको नाममा दुई लाख ३७१ रुपैयाँ गरी दुबै जनालाई बराबर रकम विप्रेषणमार्फत नेपाल पठाइएको सोही कम्पनीमा कार्यरत भोजकुमार कार्कीले जानकारी दिनुभयो ।
नेपालीको परिवारको आर्थिक अवस्था नाजुक रहेको र आम्दानीको स्रोतसमेत केही नभएका कारण परिवारको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरी पठाइएको उहाँले बताउनुभयो ।
साउदी आएको दुई महिना नबित्दै गत कात्तिकमा सुतेकै अवस्थामा सुनिल नेपालीको मृत्यु भएको थियो । रासस