२८ माघ २०७२, बिहीबार

फिल्म हेर्ने दर्शकहरुको बृद्धि सँगै नेपाली फिल्महरु निर्माणमा पनि बृद्धि भईरहेको छ । त्यस्तै फिल्म ‘नरसिंहा’ को पनि बुधबार कार्यक्रमको आयोजना गर्दै सुभसाइत गरीएको छ । एस टु क्रियसनको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहा’लाई नरेन्द्र केसिले प्रस्तुत गर्ने भएका छन् । फिल्मलाई गजेन्द्र रन्जितले निर्देशन गर्ने भएका छन् ।
2

14
त्यस्तै फिल्ममा बिशाल हुमागाँई र शरण सुवेदीको संगीत,प्रज्वल श्रेष्ठको सम्पादन, बुद्धि रानाको द्धन्द्ध र रामजी लामिछमनेको नृत्य निर्देशन रहने भएको छ । त्यस्तै यही फिल्म निर्माण गर्दै मोनिका बस्नेत,नारायण कृष्ण महर्जन र नरेन्द्र केसिले फिल्म इन्डष्ट्रीको यात्रा आरम्भ गरेका छन । फिल्मलाई रामेश्वर हुमागाईले छायाँकन गर्ने भएका छन् । बिशाल हुमागाई र सवनम श्रेष्ठको शब्दमा रहेको गीतलाई राजेश पायल राई, दीपा नारायण झा,र सवनम श्रेष्ठले स्वरबद्ध गर्ने भएका छन् ।
3

13
फिल्मको शुभमुहुर्त कार्यक्रममा फिल्म मुख्य कलाकारले फिल्मको शुभमुहुरत शर्टस् पनि दिएका थिए । ‘नरसिंहा’ फिल्मको शुभसाईत कार्यक्रममा पाका कलाकारहरु नीर शाह,बसुन्धरा भुषाल र युवराज लामालाई सम्मान गरीएको थियो । यस निर्माण हुन लागेका फिल्म ‘नरसिंहा’मा किशोर खतिवडा, संजय खतिवडा,नम्रता योगी, रुपा सुबेदी,ध्रुब कोईराला,नरेन्द्र केसि, एनी कुँवर, दुर्गेस थापा, शोभित बस्नेत, नारायण कृष्ण महर्जन लगाएतले अभिनय गर्ने भएका छन् । फिल्म ‘नरसिंहा’लाई फाल्गुनको ४ गते बाट छायाँकन सुरु गर्ने निर्माण पक्षले जनाएका छन् ।
1

15

LIVE TV