२८ माघ २०७२, बिहीबार

कञ्चनपुर, पाँच वर्षयता दुई बालबालिकाको चिह्नयुक्त आयोडिन नुनको खपत यहाँ वढिरहेको छ ।

salt aayo
करिव ४०० क्विन्टल नुन खपत हँुदै आएकामा बढेर नुनको खपत २७ हजार क्विन्टल पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन उपशाखा कार्यालय महेन्द्रनगरका प्रमुख नगेन्द्र थापाले जानकारी दिनुभयो ।
“चार–पाँच वर्षअघि जिल्लाभरि चार÷पाँच सय क्विन्टल मात्रै नुन खपत हुन्थ्यो अहिले बढेर वार्षिक रुपमा २७ हजार क्विन्टल पुगेको छ ।” उहाँले भन्नुभयो ।
प्रमुख थापाले हालसम्म जिल्लामा बसोबास गर्ने ८७ प्रतिशत बढी बासिन्दाको आयोडिन नुनमा पहुँच पुगेको जानकारी दिनुभयो ।
यसैवीच, कार्यालयले आयोडिनयुक्त नुनसम्बन्धी सचेतनामूलक कार्यक्रम सदरमुकाम बाहिरका ग्रामीण बस्ती र विद्यालयमा सञ्चालन गर्दै आएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV