
काठमाडौँ, २८ माघ । चन्द्रागिरि नगरपालिका थानकोटस्थित प्रकाश केबुलको खाली ठाउँमा जुवातास खेलिरहेका १७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने रोल्पा घर्तीगाउँ घर भएका ओमबहादुर बुढामगरसहित १७ जनालाई प्रहरी वृत्त थानकोटबाट खटिइएको प्रहरी टोलीले बुधबार नगद ५९ हजार ६६५ र ताससहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमािथ आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस