२८ माघ २०७२, बिहीबार

स्वास्थ्य नै धन हो भन्ने उखान यत्तिकै चलेको होइन । मान्छे स्वस्थ हुनका लागि उसको तन र मन दुवै स्वस्थ हुनुपर्छ। स्वस्थ व्यक्तिको क्रियाकलाप सहज सामान्य र निर्णय क्षमता पनि राम्रो हुन्छ।

देश सञ्चालनको जिम्मेवारी बोकेका नेताहरू शारीरिक र मानसिक दृष्टिले स्वस्थ हुन झनै आवश्यक छ नै । नेताको स्वास्थ्यसंग देश र जनताको स्वास्थ्य नै गासिएको हुन्छ समेत भनिन्छ । एउटा स्वस्थ्य र सकारात्मक सोंच भएको व्यक्तिबाट हुने निर्णय सकारात्मक नै हुने अपेक्षा गरिनु अन्यथा होइन पनि ।
ढल्किँदो उमेरका अधिकांश शीर्ष नेतालाई कुनै न कुनै रोगले गाँजेको छ। चिकित्सकहरुले पनि पछिल्लो नेतृत्वको स्वास्थ्य स्थितिप्रति बिशेष चासो देखाउदै नेताहरु लाइ स्वास्थ्य सम्बन्धि सुझाब दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV