
झापा, जिल्लामा कृषि उपज तथा बीउबिजन महोत्सव सुरु भएको छ ।
मेची कृषक बहुमुखी कृषि सहकारी संस्थाको आयोजनामा भएको उक्त महोत्सवमा २५ वटा कृषिजन्य सामग्रीको प्रदर्शनी कक्ष राखिएको छ । नेपाल सरकार, बजार विकास निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमको सहआयोजनामा बुधबारदेखि सुरु भएको महोत्सव तीन दिनसम्म चल्ने सहकारीका अध्यक्ष तुलसीराम पौडेलले जानकारी दिनुभयो ।
त्यसैगरी आउँदो फागुन २ गतेदेखि बाहुनडाँगीमा तीनदिने ग्रामीण पर्यटन महोत्सवको आयोजना हुने भएको छ । बाहुनडाँगीलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन कार्कीको भनाइ छ । बाहुनडाँगी गाविसको सहआयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा महोत्सव हुन लागेको हो । रासस