२८ माघ २०७२, बिहीबार

इनरुवा, जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका ८४ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने तयारी गरेको छ ।

केही दिन अगाडि जिल्लाको दक्षिणी गाविस देवागन्जमा एकसाथ २० भन्दा बढी बालबालिकामा दादुराको संक्रमण देखा परेपछि खोपको लगाउने तयारी कार्यालयले गरेको हो ।
dadura
सो क्रममा जिल्लाका चौरासी हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइनुका साथै एक लाख १६ हजार बालबालिकालाई पोलियो थोपा खुवाइने कार्यालयका प्रमुख डिल्लीरमण अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य विभागले पूर्वाञ्चलमा आगामी फागुन ८ गतेबाट दादुरा रुबेलाविरुद्धको खोप अभियान सञ्चालनमा ल्याउन तयारी गरेपनि कार्यालयले दादुराको सङ्क्रमणलाई मध्यनजर गर्दै माघ २९ गतेबाट अभियान सञ्चालनमा गर्न लागेको र जिल्लामा तीन चरणमा दादुरा रुबेला खोपसँगै पोलियो थोपा अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV