२८ माघ २०७२, बिहीबार

पोखरा,  गएको माघ ६ गते कास्कीको सल्यान गाविस–२ झाङ्क्रेपानीमा सोही ठाउँ बस्ने वर्ष २६ को धनबहादुर नेपालीलाई कर्तव्य गरी मारेर फरार भएका अर्का अभियुक्त २१ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

सोही ठाउँ घर भएका अभियुक्त लालबहादुरलाई पोखराको पस्र्याङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

hatkadi
सो दिन निज धनबहादुर नेपालीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी मार्ने अर्का अभियुक्त अमरबहादुर विकलाई गत माघ १३ गते गाउँमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो भने फरार अर्का अभियुक्त लालबहादुरको खोजी कार्य तीव्र पारिएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV