२८ माघ २०७२, बिहीबार

शुक्रबारबाट दर्शकमाझ आउँदै गरेको फिल्म ‘प्रेमगीत’ फिल्मको प्रिमियर शो भव्य रुपमा बुधबार जय नेपाल हलमा भएको छ । जय नेपाल हलमा गरीएको रेडकार्पेट प्रिमियरमा पुराना देखि नयाँ कलाकारका साथै निर्देशक, निर्माताहरुको बाग्लो उपस्थिति रहेको थियो । गीत तथा संगितले निकै चर्चा पाईसकेको फिल्म ‘प्रेमगीत’लाई सन्तोष सेनको लगानीमा सुदर्शन थापाले निर्देशन गरेका हुन् । फिल्ममा पूजा शर्मा र प्रदिप खड्काले मुख्य भुुमिकामा अभिनय गरेका छन् । फिल्म ‘प्रेमगीत’ शुक्रबार बाट सम्पुर्ण दर्शकमाझ प्रर्दनमा आउँदैछ ।
1

2

3

4

5

6

7

8

LIVE TV