२८ माघ २०७२, बिहीबार

भीमदत्तनगर, प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टिमले बुधबार कैलालीको पहलमानपुरबाट दुई थान पाटेबाघको छालासहित आठजनालाई पक्राउ गर्न सफल भएको छ ।

सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट महाकाली अञ्चलका लागि खटिएको टोलीले पाटेबाघको छाला र हड्डीसहित आठजना अभियुक्त पक्राउ गरेको प्रहरी अनुसन्धान ब्युरोका महाकाली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो ।

s}nfnLsf] kxndfgk'/df a'waf/ kf6]af3sf] b'O{ yfg 5fnf / x88L ;lxt kqmfp k/]sf cleo'QmnfO{ ;fj{hlgs ul/b}+ . tl:a/ M l;4/fh e§÷/f;;

प्रहरी नायब निरीक्षक जोहारीका अनुसार पक्राउ परेकामा भारतीय र नेपाली वन्यजन्तु तस्कर गिरोह नै रहेको छ । ब्युरोले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरुमा भारत हरियाणा हिसार बस्ने ४० वर्षीय जगदीश चन्द्रबाबरिया, रामपाल बाबरिया, भारतकै लुधियाना पञ्जावका रामु बाबरिया, श्रवण बाबरिया, रोपड चम्कौर पञ्जाव बस्ने कमला बाबरिया, अनारकली बाबरिया र कैलाली लालबोझीका दुखीराम चौधरीका साथै कैलाली पहलमानपुरका अगानु चौधरी रहेका छन् ।

उनीहरुबाट पहलवानपुर गाविस–१ मा ११ फिट दुई इन्च लम्बाइ र १० फिट एक इन्च लम्बाइका दुई थान बाघको छाला र साढे ३९ किलो हड्डीसमेत बरामद गरिएको छ ।

पक्राउ परेका आठैजनालाई नै जिल्ला प्रहरी कार्यालय, कैलाली र इलाका प्रहरी कार्यालयको सहयोगमा बर्दिया राष्ट्रिय निकुञ्जको जिम्मा लगाउने ब्युरोका प्रमुख जोहारीले जानकारी दिनुभयो । विगत केही वर्षयता ब्युरोमा जोहारी नेतृत्वको टोलीले कञ्चनपुरको भीमदत्तनगरलाई आधार बनाएर काम गर्र्दै आएको छ । रासस

 

LIVE TV