
बलिउडका नायिका दीपीका पादुकोणले फिल्म ‘xXx: The Return of Gender Cage’ मा केहि दृश्यमा अभिनय गरेकी थिईन् । फिल्मका निर्देशक डी जे कारासो दीपीकाबाट निकै प्रभावित भएको बताएका छन् ।
दीपीका पादुकोणले हलीउड नायक विन डीजलसँग आफ्नो करीअरको सुरुवात गरेकी छिन् , जस्ले पहिले देखि नै निकै चर्चा पाईरहेको छ । दीपीका सँग आफ्नो तस्विर साझा गर्दै फिल्मका निर्देशकले ट्विटमा लेख्दै “म दीपीकालाई निर्देशित गरेर निकै गौरान्वित भएको छु ।”
यस तस्विरमा दीपिकाले वार्थरोब पहिरनमा निर्देशक कारासो सँग गाला जुदाईरहेकी छिन् । दीपीकाको प्रसंसा गर्दै निर्देशक कारासोले ट्विटमा लेखेका छन “क्यामेराको अगाडि दीपीका निकै प्रवाभशाली छिन् ।”