मस्तिष्कघातपछि न्युरो अस्पताल बा“सबारीमा उपचार गराइरहनुभएका नेपाली कांग्रेसका नेता नरहरी आचार्यको स्वास्थ्य अझै स्थिर भएको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकले अब्जरभेसनमा करिव १८ घन्टासम्म रक्तचाप र पल्स स्थिर रहेको जनाएका हुन् । आचार्यको दाया“ पाटोमा देखिएको प्यारालाइसिस कायम रहेको र बोली नफर्केको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । मंगलवार साँझ सिटी स्क्यान गरेर हेर्दा रगतको थेग्लोको आकार र पानीको मात्रा दुवै नबढेको विज्ञप्तीमा जनाइएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनको खबरसंगै निवास पुगेको अवस्थामा आचार्य अचानक बेहोस भएर ढलेपछि मंगलवार सुरुमा गंगालाल र पछि न्युरो अस्पताल लगिएको हो ।