
एसएलसी र प्रमाणपत्र तहका नक्कली प्रमाणपत्र बनाएर चिकित्साशास्त्र पढेका १२ जना डाक्टरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । उनीहरुले सबैजसोले एसएलसी वा प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली बनाएको खुल्यो ।नक्कली डाक्टर सक्रिय रहेको खबरपछि केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा अपरेसन क्वाक चलाए र जसबाट १२ जना नक्कली डाक्टरहरु पक्राउ परे । उपचार गर्ने डाक्टर नै नक्कली भेटिन थालेपछि मुलुकमा कसरी बाँच्न सकिएला खै ? उपचार गराउनु अगाडि बिरामीले डाक्टरको सर्टि्फिकेट हेर्नुपर्ने भो भन्दै सामिजिक संजाल प्रयोगकर्ता हरुले थुप्रै प्रतिक्रियाहरु पोष्ट गरे । यिनै बिषयहरुलाई आज हामीले २४ सासल मिडियामा समाबेस गरेका छौँ ।