२८ माघ २०७२, बिहीबार
  • यादव देवकोटा 

स्थानीयबासी र व्यापारीले झण्डै पाँच महिनादेखि अवरुद्ध रहेको रक्सौल(वीरगञ्ज नाका खुलाए । यससँगै मालबाहक कन्टेनर र ट्यांकरहरु नेपाल आउन थाले ।वीरगञ्जका स्थानीयबासी र भारत रक्सौलका ब्यापारीहरुले मितेरी पुलमा मधेसी मोर्चाका धर्नाहरुले टाँगेको टेन्ट हटाय र साथ साथै त्यहाँ राखिएको बाँसको ढाट पनि हटाए । भारतको अघोषित नाकाबन्दीले वाक्क भयका आम नागारिकहरु बिरगंज नाका खुलेपछि भने निकै हर्सित देखिय ! अब ग्यास पेट्रोल र दैनिक उपभोग्य सामानहरु सहज हुने भो र अबत नाकाबन्दीले नछुने भो भन्दै सामाजिक संजालमा थुप्रै प्रतिक्रियाहरुको ओइरोनै लाग्यो ! यिनै बिषयलाई आज हामीले २४ सोसल मिडियामा समाबेस गरेका छौँ ।

सुरु गरौँ विज्ञानका बिद्यार्थी कविन्द्र भट्टको फेसबुक स्टाटस बाट
आशा गरौं आज हालेको कालोबजारी पेट्रोल जिन्दगीको अन्तिम कालोबजारी पेट्रोल बनोस।
हिजो नकाबन्दी हुँदा उथलपुथल भएको राष्ट्रियता र आत्मनिर्भरताको खोक्रो आदर्श् अझै प्रगड र ब्यबहारिक बनोस।

‏त्यस्तै सगरमाथाको उचाइ थाहा भएको मान्छे ! भन्दै प्रकाश दाइ यस्तो लेख्नुहुन्छ
वीरगञ्ज नाका खुलेसँगै आम जनता खुशीले रमाउँदै गर्दा तस्कर,कालाबजारीको संजालमा भने रुवावासी चल्दैहोला।जनताको यो खुशी पहिलेजस्तै भंग नगरियोस्!

त्यस्तै पत्रकार सुरेन्द्र फ्हुयालले
वीरगञ्ज(’रस्कौल’ नाकाबाट सवारी आवागमन खुल्यो भनेर खुसी भइयो। तर फेरी नाका अवरुद्ध भो भन्ने खबर आयो। सबै नाका र मन सदा खु्ल्ला रहेकै राम्रो।भनेर ट्विट गर्नु भयको छ  ।

‏म ’ एक अभिलास ’हुँ ’ । कसैको शब्द चोरेर मेरो अक्षेर बिकाउनु छैन ।प्रेम,स्नेह ,हृदयबाटै हुन्छ । भन्दै बन्दिपुरे)ठिटो यस्तो लेख्नुहुन्छ
वीरगञ्ज नाका खुलेको भूकम्पले पनि थाहा पाए छ । बाबै एकै चोटी ५.५को झट्का दियौ ।कुरो
र सर्मिला देबकोटाले

आधा वर्षदेखिको मधेश बन्द
५८ जनाको खुनमा लतपतिएका मधेशी नेता !
यस्तै गर्नु थियो भने किन यति ढिलो गर्याे ?
कम्तिमा नागरिक मर्दैन थिए नि ! आखिर खोल्न त खोल्नै पर्थ्यो ! भन्दै फेसबुकमा पोस्ट गर्नु भयको छ !

LIVE TV